एनआइसी एशिया बैंकका कर्मचारीमाथि भएको आक्रमणप्रति सीबीफिनको आपत्ति

काठमाडौं । एनआइसी एशिया बैंकको शाखा कार्यालय म्याग्दीका कर्मचारीमाथि गरिएको सांघातिक आक्रमणप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) ले आपत्ति जनाएको छ ।

बिहीबार शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको घटनाको सीबीफिनले घोर भत्र्सना गरेको हो ।

संघले विज्ञप्ति जारी गदै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीमाथि दुव्र्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण गर्ने जस्ता कार्यहरु बढिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सीबीफिनले निहित स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादति र कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका घटनामा संलग्न दोषीलाई कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष माग गरेको छ ।

बैंकका कर्मचारीमाथि गरिएका यस्ता निर्मम एवं हिंस्रक घटनाले नेपाल सरकारको शान्ति सुरक्षाको व्यवस्थाको खिल्ली उडाएको र समग्र अर्थव्यवस्थामाथि नै प्रहार भएको अनुभूत भएको सीबीफिनको निष्कर्ष छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसात्मक आक्रमणका घटनाहरु बढेका छन् । यसअघि जाजरकोटमा एक लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलेर र्दुव्यवहार भएको थियो ।

२०८० सालमा शनिबार बाहेक ३५ दिन सार्वजनिक बिदा (सूचीसहित) Read Previous

२०८० सालमा शनिबार बाहेक ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)

व्यवसायीको समस्या नजिकबाट बुझेको छु, समाधानका लागि काम गर्नसक्छु : उपाध्यक्ष अञ्जन श्रेष्ठको अन्तर्वार्ता Read Next

व्यवसायीको समस्या नजिकबाट बुझेको छु, समाधानका लागि काम गर्नसक्छु : उपाध्यक्ष अञ्जन श्रेष्ठको अन्तर्वार्ता