सेयर नबेचे टिकटक माथि फेरि प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी

एजेन्सी । अमेरिकाले टिकटकमाथि पुनः प्रतिबन्ध लगाउने प्रयास थालेको छ । अमेरिकी सरकारले चीनका टिकटक मालिकले यो कम्पनीको सेयर नबेचेमा उसमाथि प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको हो ।

अमेरिकामा टिकटकका १० करोडभन्दा धेरै ग्राहक रहेका छन्। समाचार एजेन्सी रोयटर्सले टिकटकका प्रवक्तालाई उल्लेख गर्दै यो जानकारी दिएको हो।

सन् २०२० मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

तर पछि अमेरिकी अदालतले सरकारको निर्णय खारेज गरिदिएको थियो। अहिलेको जोन बाइडनको कार्यकालमा पहिलो पटक टिकटकमाथि प्रतिबन्ध लगाउने खतरा देखिएको बताइएको छ।

टिकटकले अमेरिकी उपभोक्ताको तथ्यांक चीन सरकारसँग सेयर गर्ने गरेको अमेरिकाले लामो समयदेखि आरोप लगाउँदै आएको छ। यही विषयलाई लिएर टिकटक कम्पनी र अमेरिकी सरकारको सम्बन्ध यसअघि पनि तनावपूर्व रहँदै आएको छ।

डीडीसीले बढायो दूधको मूल्य, प्रतिलिटर ९७ रुपैयाँ पुग्याे Read Previous

डीडीसीले बढायो दूधको मूल्य, प्रतिलिटर ९७ रुपैयाँ पुग्याे

समस्याग्रस्त सहकारीबाट ४५ करोड बढी बचत फिर्ता Read Next

समस्याग्रस्त सहकारीबाट ४५ करोड बढी बचत फिर्ता