काठमाडौं । प्रभु बैंकसँग गाभिएको साविकको सेञ्चुरी कमर्शियल बैंकको सेयर नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा सूचीकृत भएको छ ।
एक आपसमा गाभिएर पुस २६ गतेदेखि एकीकृत कारोबार गरेको साविकको सेञ्चुरी बैंकको सेयर प्रभु बैंकको नाममा सूचीकृत भएको हो ।
नेप्सेमा साविकको सेञ्चुरीको १:१ सेयर अनुपातमा कायम भएको १० करोड ७७ हजार १९८.८५ कित्ता सेयर प्रभु बैंकको नाममा सूचीकृत भएको हो ।
यससँगै अब साविकका सेञ्चुरी कमर्शियलका सेयरधनीले अब प्रभु बैंकको नामबाट सेयर कारोबार गर्न सक्नेछन् ।