नेप्से फेरि २ हजार बिन्दु तल झर्‍यो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ । गत बिहीबार एकैदिन ५० अंकले बढेको नेप्से आज दोहोरो अंकले घटेको हो ।

आइतबार नेप्से २६.८० अंकले घटेर १९७५.८९ बिन्दुमा आइपुगेको छ । यसदिन २६० कम्पनीको १ अर्ब ६६ करोड रुपैयाँ बढीको ४७ लाख ७२ हजार १४० कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । बैंकिङ समूहको परिसूचक सबैभन्दा धेरै १.५९ प्रतिशतले घटेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको पौने ८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरीको पौने ६ करोड र लुम्बिनी जनरल इन्स्योरेन्स ४ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा आज गुडविल फाइनान्सका डिबेन्चरधनीले सबैभन्दा धेरै ६.५५ प्रतिशत गुमाएका छन् । त्यसैगरी, हिमालयन बैंक ६.३७, नेपाल इन्स्योरेन्स, खप्तड र आदर्श लघुवित्तको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

अर्थतन्त्रमा बाह्य दबाब कम हुँदै : अधिकांश सूचकमा सुधार, मूल्य वृद्धि भने नियन्त्रण बाहिर Read Previous

अर्थतन्त्रमा बाह्य दबाब कम हुँदै : अधिकांश सूचकमा सुधार, मूल्य वृद्धि भने नियन्त्रण बाहिर

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम ७६ प्रतिशत सकियो, अब कति मिटर बाँकी छ ? Read Next

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम ७६ प्रतिशत सकियो, अब कति मिटर बाँकी छ ?