काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले चार कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले साना किसान लघुवित्त, आशा लघुवित्त, सांग्रिला डेभलपमेन्ट बैंक र साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य समायोजन गरेको हो ।
चारै कम्पनीको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
साना किसानले गत आव २०७८/७९ को नाफाबाट वितरण गर्ने २६ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि लघुवित्तको नयाँ सेयरमूल्य ८८८.रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आशा लघुवित्तले गत वर्षको नाफाबाट वितरण गर्ने १४.२८ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि आशाको सेयर मूल्य ७५२.५० रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको ८.५३ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि बैंकको सेयर मूल्य ३११.४२ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, साल्ट ट्रेडिङको गत वर्षको नाफाबाट वितरण गर्ने १० प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि साल्टको नयाँ सेयर मूल्य ३९४०.९१ रुपैयाँ कायम भएको छ ।
यही समायोजित मूल्यका आधारमा आइतबार चारैकम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्ने छ।