आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री सनराइज क्यापिटलले आज आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १६ हजार ९७५ जनाले १० कित्ताका दरले सेयर हात परेका छन् । तीमध्ये भाग्यमानी ५ जनाले थप १/१ कित्ता सेयर पाएका छन् भने १६ लाख बढीको भने हात रित्तो भएको छ ।

लघुवित्तले सर्वसाधरणका लागि फागुन ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ६९ लाख ७५ हजार ५०० रुपैयाँ बराबरको १ लाख ६९ हजार ७५५ कित्ता सेयर विक्रीमा ल्याएको थियो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र आत्मनिर्भर लघुवित्तको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

कसरी टाट पल्टियो ४० वर्ष लामो इतिहास भएको अमेरिकाको १६ औं ठूलो बैंक ? Read Previous

कसरी टाट पल्टियो ४० वर्ष लामो इतिहास भएको अमेरिकाको १६ औं ठूलो बैंक ?

एक स्थानीय तह, एक औद्योगिक ग्राम घोषणामै सीमिति Read Next

एक स्थानीय तह, एक औद्योगिक ग्राम घोषणामै सीमिति