बचतमा वाणिज्य बैंककोभन्दा १.५% धेरै ब्याज दिँदै राष्ट्र बैंक, कम्तीमा १० हजार लगानी गर्नुपर्ने

काठमाडौं । बचतमा नेपाल राष्ट्र बैंकले वाणिज्य बैंककोभन्दा धेरै ब्याज दिने भएको छ । हाल वाणिज्य बैंकहरूले दिएकोभन्दा डेढ प्रतिशत बढी ब्याज दिने भएको हो ।

हाल वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिएका छन् भने राष्ट्र बैंकले १२.५ प्रतिशत ब्याज दिने भएकाे हाे ।

राष्ट्र बैंकले आजदेखि ५० करोड रुपैयाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र २०८४ क’ विक्रीमा ल्याएको छ । बैंकले ५ वर्ष अवधिको उक्त बचतपत्रमा राष्ट्र बैंक १२.५ प्रतिशत ब्याज दिने भएकाे हाे ।

यस बचतपत्रको ब्याज भुक्तानी ६/६ महिनामा हुन्छ । इच्छुक लगानीकर्ताले चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले कम्तीमा १० हजारदेखि अधिकतम आफूले चाहेजति लगानी गर्न सक्नेछन् । यो बचतपत्रमा वैदेशिक रोजगारीमा गएका र विदेशबाट फर्केको ४ महिना नबितेका व्यक्ति वा उसको परिवारका सदस्य (बुबा, आमा, श्रीमान, श्रीमती, छोरा र छोरी मात्र)ले आवेदन दिन सक्नेछन् ।

यस्तो बचतपत्रको धितोमा अन्य बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण समेत लिन सकिन्छ। सरकारको लागि आन्तरिक ऋण उठाउन विभिन्न खालका बचतपत्र जारी गर्दै आएको छ ।

 

७ वर्षमा पनि उखु किसानलाई सरकारले दिएन पैसा, फागुनभित्र नदिए फेरि धर्ना बस्ने Read Previous

७ वर्षमा पनि उखु किसानलाई सरकारले दिएन पैसा, फागुनभित्र नदिए फेरि धर्ना बस्ने

१००% हकप्रद जारी गर्न अनुमति माग्दै अपर तामाकोसीले दियो बोर्डमा आवेदन Read Next

१००% हकप्रद जारी गर्न अनुमति माग्दै अपर तामाकोसीले दियो बोर्डमा आवेदन