सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सले पाए मर्ज हुन अन्तिम स्वीकृति

काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले एक आपसमा गाभिन अन्तिम स्वीकृति पाएका छन् ।

मर्जर प्रक्रियामा रहेका दुई कम्पनीलाई मर्ज हुन नेपाल बीमा प्राधिकरणले अन्तिम स्वीकृति दिएको हो । प्राधिकरणबाट अनुमति पाएसँगै दुवै कम्पनीले चैत भित्रै एकीकृत कारोबार गर्ने तयारी गरेको जनाइएको छ ।

दुवै कम्पनीको फागुन १२ गते बसेका साधारण सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरिसकेका छन् । यी दुई कम्पनी बीच गत असार २९ गते मर्ज सम्बनधी प्रारम्भिक सम्झौता भएको थियो ।

हाल सानिमा लाइफको चुक्ता पूँजी २ अर्ब ८ करोड र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ छ । मर्जरपछि बन्ने नयाँ कम्पनीको चुक्ता पूँजी ४ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

प्राधिकरणले यही चैतभित्र जीवन बीमा कम्पनीहरुलाई चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको छ । सो अनुसार मर्जपछि पनि कम्पनीको चुक्ता पूँजी ९२ करोड रुपैयाँ नपुग्ने देखिन्छ ।

पूर्वाधार निर्माण हब बन्दै भरतपुर, एकैसाथ दर्जनौं आयोजनाको काम धमाधम Read Previous

पूर्वाधार निर्माण हब बन्दै भरतपुर, एकैसाथ दर्जनौं आयोजनाको काम धमाधम

निर्माण थाल्नु अघि नै दुई रेलमार्ग बीच तादात्म्यता मिलाउने योजना Read Next

निर्माण थाल्नु अघि नै दुई रेलमार्ग बीच तादात्म्यता मिलाउने योजना