भारतको जीडीपी वृद्धिदर ४.४ प्रतिशतमा सीमित

काठमाडौं । भारतको आर्थिक वृद्धि दर सन् २०२२ को चौथो त्रैमासिकमा ४.४ प्रतिशतमा झरेको छ ।

तथ्याङ्क र कार्यक्रम कार्यान्वयन मन्त्रालयको सङ्घीय राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ)द्वारा जारी गरिएको तथ्याङ्कले गत अक्टोबरदेखि डिसेम्बरमा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि जुलाईदेखि सेप्टेम्बरमा ६.३ प्रतिशतबाट ४.४ प्रतिशतमा झरेको देखाएको छ ।

सरकारले जारी गरेको दोस्रो अग्रिम अनुमानअनुसार भारतको जीडीपी आर्थिक वर्ष २०२२-२३ का लागि ७ प्रतिशतले बढ्न सक्ने अनुमान छ ।

सिधा हवाई उडान मार्फत जोडिँदै पोखरा-भद्रपुर, १८ घण्टाको यात्रा अब ७० मिनेटमै Read Previous

सिधा हवाई उडान मार्फत जोडिँदै पोखरा-भद्रपुर, १८ घण्टाको यात्रा अब ७० मिनेटमै

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Next

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी