लक्ष्मी लघुवित्तको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

लघुवित्तले गत आव २०७८/७९ को नाफाबाट वितरण गर्ने १५ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि लघुवित्तको नयाँ सेयर मूल्य ८२४.३५ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा बुधबार कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्ने छ।

वर्षेनी खाद्यान्न अभाव हुने कर्णाली प्रदेशमै २८% खेतीयोग्य जमिन बाँझै Read Previous

वर्षेनी खाद्यान्न अभाव हुने कर्णाली प्रदेशमै २८% खेतीयोग्य जमिन बाँझै

अपर तामाकोशीले पायो १०० प्रतिशत हकप्रद जारी गर्न अनुमति Read Next

अपर तामाकोशीले पायो १०० प्रतिशत हकप्रद जारी गर्न अनुमति