सेयर बजारमा झिनो गिरावट, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । यसदिन नेप्से परिसूचक ३.६५ अंकले घटेर २०२३.५४ को विन्दुमा रोकिएको हो ।
गत साता उच्च अंकले घटेको सेयर बजारले साताको पहिलो दिन आइतबार कमब्याक गरेको थियो ।

साताको दोस्रो दिन कारोबारमा आएका कम्पनी मध्ये ७१ को सेयर मूल्य बढेको छ भने १३५ को घटेको छ । आज साढे १ अर्ब ८९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यसदिन कुल ३७ हजार पटकको कारोबारमा ५१ लाख २० हजार बढी कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

गत बुधबार एकीककृत निर्देशन संशोधन गर्दै नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई कर्जा लगानी र लाभांश वितरणमा कडाइ गरेपछि बिहीबार लघुवित्त कम्पनीको सूचकमै नेगेटिभ सर्किट लागेको थियो । तर, यो साता भने लघुवित्तको सेयर मूल्य ओरालो लाग्नेक्रम रोकिएको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको साढे ६ करोड ६८ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको झन्डै ५ करोड

अरुण भ्याली हाइड्रोपावर कम्पनी ४ करोड बढीको किनबेच भएको छ । आज सम्वृद्धि लघुवित्तका सेयरधनीले सर्वाधिक ९.७३ प्रतिशत कमाएका छन् । समलिङ पावर कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढीले कमाएका छन् । तारागाउँ रिजेन्सी होटल र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ प्रतिशत बढीले कमाएका छन् भने ओरियन्टल होटलको सेयर मूल्य साढे ६ प्रतिशतले बढेको छ ।

यसदिन सबैभन्दा राप्ती हाइड्रोपावर सीवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ५ प्रतिशत बढीले गुमाएका छन् ।

६ महिनामै दोब्बर भएको बैंकको खराब कर्जा आगामी दिनमा झनै बढ्ने Read Previous

६ महिनामै दोब्बर भएको बैंकको खराब कर्जा आगामी दिनमा झनै बढ्ने

काठमाडौं-केरुङ रेलमार्गमा गहन अध्ययनको काम आगामी महिना सुरू हुने Read Next

काठमाडौं-केरुङ रेलमार्गमा गहन अध्ययनको काम आगामी महिना सुरू हुने