आत्मनिर्भर लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) भर्ने आज अन्तिम दिन रहेको छ ।

लघुवित्तले सर्वसाधरणका लागि फागुन ११ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ६९ लाख ७५ हजार ५०० रुपैयाँ बराबरको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मेरो सेयर मार्फ आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेड रहेको छ। कम्पनीले आइपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी सिंगल बी प्लस इस्यूअर’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको संकेत गर्दछ।

ग्लोबल आइएमई र आदर्श लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Previous

ग्लोबल आइएमई र आदर्श लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

८० हजार लिटर डिजेलमा मट्टीतेल मिसावट, छानबिन सुरू Read Next

८० हजार लिटर डिजेलमा मट्टीतेल मिसावट, छानबिन सुरू