ग्लोबल आइएमई र आदर्श लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत दुई लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्थाको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।

दुवै कम्पनीले साधरण सभा प्रयोजनका लागि भोलि (फागुन १६ गते) गते बुकक्लोज तोकेको छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र ती कम्पनीको लाभांश पाउने छन् ।

ग्लोबल आइएमईले लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ८ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यसैगरी, आदर्श लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २१.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

दुवै कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

आगामी आर्थिक वर्षका लागि बजेटको सिलिङ १६ खर्ब ८८ अर्ब तोकियो Read Previous

आगामी आर्थिक वर्षका लागि बजेटको सिलिङ १६ खर्ब ८८ अर्ब तोकियो

आत्मनिर्भर लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन, कति कित्ता भर्न पाइन्छ ? Read Next

आत्मनिर्भर लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन, कति कित्ता भर्न पाइन्छ ?