इङवा हाइड्रोपावरले फागुन २१ गतेदेखि आइपीओ विक्री गर्ने

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले फागुन २१ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ र पाँचथरका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहका नेपालीका लागि आइपीओ विक्री गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको हो । जसमा आयोजना प्रभावित क्षेत्र ताप्लेजुङको सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

 

त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड २० लाख रुपैयाँ कराबरको १ लाख २० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर विक्री नभएमा स्थानीले मात्र चैत २० गतेसम्म आवेदन दिन पाउने छन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ।

त्यसैगरी, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबीआइ बैंकिङ लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

'ठूला बैंक'ले वित्तीय क्षेत्रमा एकाधिकार र नियमनमा समस्या ल्याउँछ : नरबहादुर थापाको विचार Read Previous

'ठूला बैंक'ले वित्तीय क्षेत्रमा एकाधिकार र नियमनमा समस्या ल्याउँछ : नरबहादुर थापाको विचार

निक्षेपकर्तालाई ठग्दै सहकारी, एक महिनामै परे ४५१ उजुरी Read Next

निक्षेपकर्तालाई ठग्दै सहकारी, एक महिनामै परे ४५१ उजुरी