सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल कति ?

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९/८०का लागि गहुँको समर्थन मूल्य तोकेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस वर्षका लागि गहुँको समर्थन मूल्य तोकेको हो ।

यस वर्षका लागि सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ३५१ रुपैयाँ तोकेको छ । गत वर्षको तुलनामा सरकारले गहुँको मूल्य प्रतिक्विन्टल १८६ रुपैयाँ बढाएको हो ।

सरकारले गत आव २०७८/७९ का लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १६५ रुपैयाँ तोकेको थियो । सरकारले प्रत्येक वर्ष गहुँ, धान तथा उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गरेको छ ।

विकास निर्माणमा देखिएको बेथिती अन्त्य गर्न सरकारको ध्यानाकर्षण Read Previous

विकास निर्माणमा देखिएको बेथिती अन्त्य गर्न सरकारको ध्यानाकर्षण

सार्वजनिक बिदाका दिन अत्यावश्यक सरकारी कार्यालय खुल्ने, कर्मचारीलाई सट्टा बिदा Read Next

सार्वजनिक बिदाका दिन अत्यावश्यक सरकारी कार्यालय खुल्ने, कर्मचारीलाई सट्टा बिदा