सबैको र सिभिल लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले दुई लघुवित्तको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले सिभिल लघुवित्त र सबैको लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो ।

दुवै लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

सबैको लघुवित्तले गत आव २०७८/७९ को नाफाबाट वितरण गर्ने १८ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि लघुवित्तको नयाँ सेयरमूल्य ७११.८६ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सिभिलले गत वर्षको नाफाबाट वितरण गर्ने ११ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि सिभिलको सेयर मूल्य ६७४.७७ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा आइतबार दुवै कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्ने छ।

प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Previous

प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

रात्रिकालीन उडानले पोखराको पर्यटन गुल्जार बनाउला ? Read Next

रात्रिकालीन उडानले पोखराको पर्यटन गुल्जार बनाउला ?