प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं ।प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

प्रभुले आव २०७८/७९ को नाफाबाट वितरण गर्ने ६.७० प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि कम्पनीको नयाँ सेयर मूल्य ५२०.९९ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यका आधारमा अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

कम्पनीले गत वर्षको मुनाफाबाट ६.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कुल ७.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

काठमाडौं महानगरले सुरू गर्‍यो फोहोरबाट कम्पोष्ट मल बनाउन, बञ्चरेडाँडामा पनि उत्पादनको तयारी Read Previous

काठमाडौं महानगरले सुरू गर्‍यो फोहोरबाट कम्पोष्ट मल बनाउन, बञ्चरेडाँडामा पनि उत्पादनको तयारी

सबैको र सिभिल लघुवित्तको सेयर मूल्य समायोजन Read Next

सबैको र सिभिल लघुवित्तको सेयर मूल्य समायोजन