लघुवित्तको सेयर मूल्यमा पहिरो, बजारमा दबदबा राख्ने झन्डै १ दर्जनको मूल्यमा नेगेटिभ सर्किट

काठमाडौं । लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा पहिरो गएको छ । बजार खुल्ने बित्तिकै अधिकांश लघुवित्तको सेयर मूल्यमा भारी गिरावट आएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार ‘नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ मा संशोधन गर्दै कर्जा लगानी र लाभांश वितरणमा कडाइ गरेसँगै लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा भारी गिरावट आएको हो ।

सेयर बजारमा सूचीकृत १३ समूहमध्ये सबैभन्दा धेरै लाभांश दिने लघुवित्त कम्पनीहरु माथि राष्ट्र बैंकले अंकुश लगाएपछि सेयर बेच्नेको ओइरो लागेको छ भने खरिद कर्ता नगन्य रहेका छन् ।

बजार खुलेको १० मिनेटमै झन्डै १  दर्जन लघुवित्त कम्पनीहरुकाे सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । बजारमा दबदबा राख्ने छिमेक लघुवित्त, जीव विकास, फरवार्ड, जाल्पा, साना किसान, नेष्डो, महिला लयागत लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

 

घरजग्गामा बैंकको पौने ६ खर्ब लगानी, एनआइसीको सबैभन्दा धेरै, कुनको कति ? Read Previous

घरजग्गामा बैंकको पौने ६ खर्ब लगानी, एनआइसीको सबैभन्दा धेरै, कुनको कति ?

जोमसोममा भएको तारा एयर दुर्घटनाको प्रतिवेदन सार्वजनिक, चालक दलको त्रुटी भेटियो Read Next

जोमसोममा भएको तारा एयर दुर्घटनाको प्रतिवेदन सार्वजनिक, चालक दलको त्रुटी भेटियो