मर्जरपछि बनेको इन्भेष्टमेन्ट मेगा बैंकको सेयर सूचीकृत, ओपन रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा मर्जरपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा बैंकको ३४ करोड १२ लाख ८५ हजार ९४९ कित्ता सेयर सूचीकृत भएको हो ।

साविकको मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्ज भई नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेको हो । यी दुई बैंक मर्ज भई पुस २६ गतेदेखि एकीकृत कारोबार सुरू गरेका थिए ।

बैंकको सेयर कारोबारका लागि नेप्सले NIMB संकेत चिह्न दिएको छ । बैंकको सेयर कारोबारका लागि २३६.८५ रुपैयाँ ओपन रेन्ज पाएको छ । यसैका आधारमा बिहीबारदेखि कारोबार सुरू हुनेछ ।

नेप्सेमा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत

साथीहरूको माग र दबाब छ, वरिष्ठ उपाध्यक्षमा उठ्छु : रामचन्द्र सांघाईको अन्तर्वार्ता Read Next

साथीहरूको माग र दबाब छ, वरिष्ठ उपाध्यक्षमा उठ्छु : रामचन्द्र सांघाईको अन्तर्वार्ता