आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।

कम्पनीले माघ १६ देखि फागुन २ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ल्याएको आइपीओ बाँडफाँट भएको हो ।

लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेडले आइपीओ बाँडफाँट गरेको हो । क्यापिटलका अनुसार २ हजार ३३ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । तीमध्ये भाग्यमानी ८ जनाले थप ११ कित्ता सेयर पाएका छन् ।

लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि माघ १६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले २ लाख ३ हजार ३८० रुपैयाँ बराबरको २० हजार ३३८ कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

लघुवित्तको आइपीओ बाँडफाँटको नतिजा मेरो सेयर र क्यापिटलको वेबसाइटमा गएर हेर्न सकिन्छ ।

नबिल बैंकको ३ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम भाउ कति ? Read Previous

नबिल बैंकको ३ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम भाउ कति ?

अफगान बैंकको साढे ३ अर्ब डलर जफत गर्न नमिल्ने अमेरिकी अदालतको फैसला Read Next

अफगान बैंकको साढे ३ अर्ब डलर जफत गर्न नमिल्ने अमेरिकी अदालतको फैसला