नबिल बैंकको ३ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम भाउ कति ?

काठमाडौं । नबिल बैंककाे ३ लाख कित्ता सेयर लिलामीमा आएको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख कित्ता संस्थापक (प्रमोटर) सेयर लिलामीमा ल्याएको हो ।

उक्त संस्थापक सेयर विद्यमान संस्थापक सेयरधनीको साथै इच्छुक जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् ।

बैंकको संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुलाई फागुन २५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम भाउ प्रतिकित्ता ४७५ रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । बोलपत्र फागुन २८ गते खोलिने विक्री प्रबन्ध सनराइज क्यापिटलले जनाएको छ ।

मोटरसाइकल र ट्याक्सी चालकमा यूएई र कतार जान रोक Read Previous

मोटरसाइकल र ट्याक्सी चालकमा यूएई र कतार जान रोक

आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ? Read Next

आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?