किसान र सामुदायिक लघुवित्तको लाभांश घोषणा, कुन कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत थप दुई लघुवित्तको लाभांश घोषणा भएको छ ।

बुधबार किसान लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।

दुवै लघुवित्तको फागुन ९ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । किसान लघुवित्तले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद गरी कुल ७.३६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

त्यसैगरी, सामुदायिक लघुवित्तले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

दुवै लघुवित्तको प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

लघुवित्तको सवा २ अर्ब कर्जा जोखिममा, ६ लाख बढी ऋणीको भाखा नाघ्यो Read Previous

लघुवित्तको सवा २ अर्ब कर्जा जोखिममा, ६ लाख बढी ऋणीको भाखा नाघ्यो

मोटरसाइकल र ट्याक्सी चालकमा यूएई र कतार जान रोक Read Next

मोटरसाइकल र ट्याक्सी चालकमा यूएई र कतार जान रोक