सीसीटीभी हेरेर नियम उल्लंघन गर्नेलाई धमाधम कारबाही गर्दै ट्राफिक, ४३१४ जना कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने ४ हजार ३१४ चालकलाई पक्राउ गरी कारबाही गरेको छ ।

काठमाडौ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा सीसीटीभीको सहायताले ट्राफिक नियम उल्लङ्घन गर्ने ४ हजार ३१४ चालकलाई पक्राउ गरी कारबाही गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले सीसीटीभी कन्ट्रोल रुमले दिएको सूचनाका आधारमा ३ हजार २९२ र ट्राफिक नियम उल्लङ्घन गरी फरार रहेका १ हजार २२ गरी ४ हजार ३१४ जनालाई पक्राउ गरी कारबाही गरिएको जानकारी दिए ।

कार्यालयका अनुसार साउनमा ३४१, भदौमा ६८०, असोजमा ४८२, कात्तिकमा ३६६, मङ्सिरमा ६६२, पुसमा ९२५, माघमा ८१४ र फागुनमा ४४ चालकलाई कारबाही गरेको हो ।

ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्ने चालकलाई प्रविधिको सहायताले कारबाहीको दायरामा ल्याइएको र यसबाट सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको प्रवक्ता भट्टले बताए ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा रहेको सीसीटीभी कन्ट्रोल रुममा खटिएका ट्राफिक प्रहरीले दिएको स्थान, समय, सवारी साधनको नम्बर, किसिम र कसुरका आधारमा सडकमा खटिएका ट्राफिक प्रहरीले चालकलाई कारबाही गर्ने गरेका छन् ।

ट्राफिक प्रहरीले सवारी आवागमन व्यवस्थापन र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कानुनको दायरामा ल्याउन विसं २०७४ बाट सीसीटीभी र विसं २०७५ बाट ‘सर्भिलेन्स भेहिकल’ द्वारा निगरानी गर्दै आएको छ ।

३ दशकपछि गति लिँदै दैजी-छेला औद्योगिक क्षेत्र निर्माण, सुदूरपश्चिमको विकासमा फड्को मार्ने Read Previous

३ दशकपछि गति लिँदै दैजी-छेला औद्योगिक क्षेत्र निर्माण, सुदूरपश्चिमको विकासमा फड्को मार्ने

तातोपानी भन्सारले रोक्यो दिगोका ७२ यूनिट विद्युतीय माइक्रो भ्यान Read Next

तातोपानी भन्सारले रोक्यो दिगोका ७२ यूनिट विद्युतीय माइक्रो भ्यान