कुकुर मानिसहरुको प्रिय साथी हो । नेपाली समाजमा त झन् कुकुरको धार्मिक र साँस्कृतिक महत्व पनि रहिआएको छ । आज तिहारको तेस्रो दिन, कुकुर पूजा । यहाँ हामीले संसारभरका महङ्गा विभिन्न जातका कुकुरहरु र तिनको मूल्य प्रस्तुत गरेका छौं ।
१. केरी ब्लू टेरियर : यो कुकुरको मूल्य किरब ६५ हजार रूपैयाँ पर्छ । यो तुलनात्मक रुपले सस्तो देखिए पनि उपचार इत्यादीको लागि भने लगभग ७ लाख रूपैयाँसम्म खर्च हुन्छ, यो कुकुर पाल्दा । राम्रोसँग पाले यो कुकुरको आयु १५ वर्षसम्म हुन्छ ।

२. ग्रेट डेन : यो कुकुरको मूल्य औसत रुपमा ८५ हजार रूपैयाँसम्म पर्दछ । यसलाई सहजै पाल्न सकिए पनि औषधीउपचार खर्च भने महङ्गो छ, यो कुकुरको । यो कुकुरको आयु ७ देखि १० वर्षसम्म हुन्छ ।
३.बर्निज माउन्टेन डग : यो ठूलो कुकुरको खरिद मूल्य ८५ हजार रूपैयाँ हाराहारी छ । तर, पालन खर्च भने ७ लाख रूपैयाँसम्म पुग्न सक्छ ।

४.जर्मन सेपर्ड : छरितो र बाठोपनाको लागि चर्चित यो कुकुरको मूल्य ८५ हजार रूपैयाँसम्म पर्छ । १३ वर्ष सम्म आयु हुने यो कुकुरको पालन खर्च भने २१ लाख रूपैयाँभन्दा बढि हुन्छ ।
५. चाओ चाओ : यो कुकुरमा ठूलो शरिर र बाक्लो भुत्लाको विशेषता हुन्छ । यो ठूलो सिंह जस्तै देखिन्छ । यसको खरिद मूल्य ९५ हजार रूपैयाँ हाराहारी पर्छ भने यसलाई ‘ग्रुम’ गर्न १० हजार रूपैयाँ जति लाग्छ । अन्य खर्च भने ११ लाख रूपैयाँ हाराहारी लाग्छ ।

६.गोल्डेन रेट्रिभर : यो कुकुर पारिवारिक कुकुरको रुपमा चर्चित छ । यसको मूल्य १ लाख रूपैयाँ पर्छ । ग्रुम गर्नका लागि ६ हजार रूपैयाँ लाग्ने यो कुकुरको कूल पालन खर्च भने साढे १७ लाख रूपैयाँभन्दा माथि पर्छ ।
७. लेकल्याण्ड टेरियर : यो पाल्नका लागि अत्याधिक खर्च हुने कुकुर हो । प्रत्येक पटक ग्रुम गर्दा ७ हजार रूपैयाँ लाग्ने यो कुकुरको खरिद मूल्य १ लाख २५ हजार रूपैयाँ रहेको छ । यो कुकुरलाई अन्य कुकुर भन्दा धेरै प्रत्येक हप्ता ग्रुम गर्नुपर्ने हुन्छ ।
८.सामोयिड : यो जातिको कुकुर सहजै उपलब्ध हुँदैन बजारमा । फुर्र उड्ने सेतो भुत्लाको लागि यो कुकुर चिनिन्छ । १२ देखि १४ वर्ष बाँच्ने यो कुकुरको औसत बजार मूल्य ११ लाख २५ हजार रूपैयाँ रहेको छ ।

९. रोटविलर : यो ठूलो कुकुरको मूल्य १ लाख २५ हजार रूपैयाँ हाराहारी पर्दछ । प्रत्येक पटक ग्रुम गर्दा ४ हजार रूपैयाँ लाग्ने यो कुकुर आक्रामकताको लागि चिनिन्छ । यसको कूल पालन खर्च ८ लाख रूपैयाँ जति पर्छ ।
१०.आलस्कान मालाम्युट : फ्याउरो जस्तो देखिने यो कुकुरको बजार मूल्य १ लाख २५ हजार रूपैयाँ जति छ । यो कुकुरलाई डाइबेटिज हुने संभावना धेरै भएका कारण यसको बढि हेरचाह गर्नुपर्ने हुन्छ ।
११.ओल्ड इङग्लिस सिपडग : बच्चाहरुको हेरचाह गर्नका लागि उपयुक्त हुने यो कुकुरको बजार मूल्य १ लाख २५ हजार रूपैयाँ रहेको छ । यसको कूल पालन खर्च करिब साढे ८ लाख रूपैयाँ जित पर्ने अनुमान छ ।

१२. मिनियचर बुल टेरियर : १ लाख २५ हजार रूपैयाँ पर्ने यो कुकुर १४ वर्षसम्म बाँच्छ भने यो कुकुरको रुटिन चेकअपको खर्च डेढ लाख रूपैयाँ हाराहारी पर्छ ।
१३. इङग्लिस बुलडग : निकै मिलनसार यो कुकुरको खरिद मूल्य १ लाख २५ हजार रूपैयाँ रहेको छ । कूल खर्च भने सवा ६ लाख रूपैयाँ हाराहरी पर्दछ ।

१४. क्याभ्यालियर किङ चाल्र्स स्प्यानियल्स : १० देखि १४ वर्षसम्म बाँच्ने यो कुकुरको मूल्य डेढ लाखसम्म पर्छ । यो कुकुरलाई निरन्तर ग्रुम गर्नु पर्दछ र प्रत्येक पटक त्यसको मूल्य ६ हजार रूपैयाँ जति पर्छ ।
५.स्पाइनोन इटालियानो : इटालीको यो जातिको कुकुरको मूल्य १ लाख ३५ हजार रूपैयाँ हाराहारी पर्दछ । यो कुकुर साधारण किटाणुको संक्रमणले पनि बिरामी पर्न सक्छ ।
१६.स्ट्याफोर्डसायर बुल टेरियर : यो मध्यम आकारको कुकुर निकै फुर्तिलो र चञ्चले हुन्छ । यसको मूल्य १ लाख ६० हजार रूपैयाँ पर्छ र आयु भने १४ वर्षसम्म हुन्छ ।

१७. न्यूफाउन्डल्याण्ड : यो ठूलो जातिको कुकुर हो । यसको मूल्य डेढ लाख रूपैयाँ जति पर्छ र आयु भने १० वर्षको हुन्छ । यो ठूलो भए पनि निकै भलाद्मी कुकुर हो ।
१८. सेन्ट बर्नाड : कुकुरहरुको शो देखाउने मानिसहरुको लागि उपयुक्त यो कुकुर निकै समझदार, मिलनसार र भलाद्मी हुन्छ । यसको खरिद मूल्य १ लाख ६० हजार रूपैयाँ, ग्रुम खर्च ७ हजार रूपैयाँ र पालन पोषण खर्च कूल किरब ९ हजार रूपैयाँ पर्दछ ।

१९. बेडलिङटन टेरियर : १६ वर्षसमम बाँच्ने यो कुकुरको बजार मूल्य करिब २ लाख रूपैयाँ हाराहारी रहेको छ ।
२०. ब्ल्याक रसियन टेरियर : यो कुकुरको मूल्य करिब २ लाख रूपैयाँ हाराहारी पर्छ भने ग्रुमिङ खर्च प्रत्येक पटक ११ हजार रूपैयाँ पर्दछ । यो कुकुरमा आँखाको समस्या धेरै देखा पर्दछ ।
२१. आइसरस उल्फहाउण्ड : ठूलो आकारको यो कुकुर परिवारसँग मिलेर बस्छ । यसको मूल्य भने किरब २ लाख रूपैयाँ जति पर्छ । तर, यसको आयु भने ६ देखि १० वर्षको मात्र हुन्छ ।

२२.फ्रेन्च बुलडग : यो अत्यन्तै महङगो मध्येको एक कुकुर हो । यसको मूल्य २ लाख २५ हजार रूपैयाँ पर्दछ भने यो कुकुरमा स्वास्थ्यको समस्या पनि धेरै देखिन्छ ।
२३. अफ्गान हाउण्डस् : यो कुुकुरको भुत्ला निकै लामो हुन्छ । यसको मूल्य २ लाख २५ हजार रूपैयाँ पर्दछ । १४ वर्ष आयु भएको यो कुकुरको स्वास्थोपचार खर्च पनि धेरै हुन्छ ।

२४. पोर्चुगिज वाटर डग : यो कुकुरको मूल्य २ लाख ८० हजार रूपैयाँ हाराहारी पर्दछ भने ग्रुम खर्च ६ हजार रूपैयाँ पर्छ ।
२५. तिब्बेटेन म्यासटिफ : यो अत्यन्तै ठूलो जातको कुकुर हो । यो निकै खतरनाक पनि देखिन्छ । यसको मूल्य २ लाख ८० हजार रूपैयाँ पर्दछ भने प्रत्येक पटकको ग्रमिङ खर्च ८ हजार रूपैयाँ पर्न आउँछ र औषधी उपचारको खर्च ३ लाख ४० हजार हाराहारी पर्ने अनुमान छ ।

एजेन्सी सहयोगमा