कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त

काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन्। शनिबार बैंक सञ्चालक समितिले गुरुङलाई चार वर्ष कार्यकालका लागि नियुक्त गरेको हो।

यसअघि सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत समेत भएर काम गरिसकेका गुरुङसँ म्यानमारको सिटिजन बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेको अनुभव छ ।

अनिल उपाध्याय चार वर्षे कार्यकाल पुरा गरेर अवकाश भएपछि प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो।

ढल्केबर–मुजफ्फरपुरबाट थप २०० मेगावाट बिजुली लैजान भारत सहमत Read Previous

ढल्केबर–मुजफ्फरपुरबाट थप २०० मेगावाट बिजुली लैजान भारत सहमत

‘बेलढुङ्गा’ पर्यटकको रोजाइमा Read Next

‘बेलढुङ्गा’ पर्यटकको रोजाइमा