लघुवित्तकाे नाफा ४५ प्रतिशतले घट्याे, आधा दर्जन घाटामा

काठमाडौं । चालु आर्थिक वर्षकाे दाेस्राे त्रैमासम्म अधिकांश लघुवित्तकाे नाफामा गिरावट आएकाे छ ।
वित्तीय प्रणालीमा तरलता अभावका कारण महंगो लागत भएपछि संस्थाहरू घाटामा गएका हुन् ।
बैंकबाट महंगाेमा ऋण लिएर त्याेभन्दा कम ब्याजमा लगानी गर्नु परेपछि लघुवित्तहरू व्यवसायीक संकटमा छन् ।

चालु वर्षकाे पुस मसान्तसम्म वित्तीय विवरण सार्वजनिक गरेका ५८ लघुवित्त वित्तीय संस्थाहरु मध्ये अधिकांशकाे नाफा घटेकाे छ भने आधा दर्जन संस्थाहरू घाटामा छन् ।

गत वर्षकाे पुस मसान्तसम्म यी लघुवित्तहरुले ३ अर्ब ५४ करोड ३८ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

यसअवधिमा संस्थाकाे नाफा ४४.८२% ले घटेको हाे । समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरूले ६ अर्ब ४२ कराेड रूपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

हाल नेपाल राष्ट्र बैंकले लघुवित्तकाे ब्याजदरमा १५ प्रतिशतकाे क्याप लगाइदिएकाे छ । वाणिज्य बैंककै कर्जाकाे ब्याजदर १८ प्रतिशत पुगेका बेला लघुवित्तहरूले १५ प्रतिशतमा लगानी गर्दा एकतिर व्यवसायीक संकटमा छन् भने अर्काे तर्फ वित्तीय अवस्था खराब बन्दै गएकाे छ ।

लघुवित्त कर्मिहरूका अनुसार लघुवित्तको खराब कर्जा वृद्धि र राष्ट्र बैंककाे नीतिका कारण लघुवित्तकाे नाफामा भारी गिरावट आएकाे हाे ।

खराब कर्जा वृद्धिले प्रोभिजनिङ बढाएकाे छ भने यसको प्रत्यक्ष असर नाफामा परेकाे छ । यसै साता मात्र लघुवित्तहरूले ऋणीहरूबाट नियम विपरित अशुलेकाे रकम फिर्ता गर्ने सहमति भएकाे छ ।
अर्थमन्त्री, राष्ट्र बैंकका अधिकारीबीच भएकाे छलफलमा लघुवित्त कर्मिहरूले सेवा शुल्क बापत लिएकाे १ अर्ब ६० कराेड फिर्ता गर्ने बताएका छन् । जसकाे कारण पनि आगामी त्रैमासमा लघुवित्तकाे नाफामा अझै गिरावट आउने देखिन्छ ।

यसैगरी, तरलता अभाव र चर्को ब्याजदरले लघुवित्तहरुकाे लागत पनि बढाएकाे छ । जसकाे कारण यी संस्थाहरूकाे नाफमा मात्र असर नपरेर समग्र वित्तीय सूचक नै कमजाेर भएका छन् ।

छिमेक लघुवित्तकाे छलाङ

यसअवधिमा सबैभन्दा धेरै छिमेक लघुवित्तले खुद नाफा आर्जन गरेकाे छ । यसले ५५ करोड ६० लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ । यस कम्पनीले गत वर्षको भन्दा ११.५६ प्रतिशतले नाफा बढाएको हो ।
चुक्ता पुँजी, रिजर्भ कोष, खुद ब्याज आम्दानी र खुद नाफामा छिमेक लघुवित्त सबैभन्दा अब्बल देखिएको छ ।

दोस्रोमा साना किसानको नाफा ३४.३३ प्रतिशतले बढेर ४३ करोड ४९ लाख रुपैयाँ पुगेको छ । जीवन विकास लघुवित्तले यश अविधमा २६ कराेड ६४ लाख रूपैयाँ नाफा कमाएकाे छ । यश संस्थाकाे नाफा गत वर्षकाे तुलनामा ३७.२५ प्रतिशतले घटेकाे छ ।

ग्रामीण विकास लघुवित्त १२ करोड रुपैयाँ भन्दा बढी घाटामामा गएको छ । यसबाहेक अन्य ५ लघुवित्त पनि पुस मसान्तसम्म घाटामा छन् ।

कुनले कति कमाए नाफा ?

स्वाभिमानले २४ कराेड नाफा कमाएकाे छ । समीक्षा अवधिमा २३ कराेड रूपैयाँ खुद नाफा कमाएकाे यश संस्गाकाे नाफा २ प्रतिशतले बढेकाे छ । डेप्राेक्सकाे नाफामा ३५ प्रतिशतले घटेकाे छ । गत वर्षकाे पुस मसान्तसम्म ३३ कराेड नाफा कमाएकाेमा यस वर्षकाे साेही अवधिमा २१ कराेडमा सिमित भएकाे छ ।

आरएम डिसिले २० कराेड, निर्धन उत्थान १६, एनआइसी एसीया र फष्ट माइक्राे फाइनान्सले १४/१४, फर्वाड १२, नेष्डाे लघुवित्तले ११ कराेड नाफा कमाएकाे छ ।
यसैगरी, आरएसडीसी, ७ कराेड, सुर्याेदय ओमी, मेराे माइक्राेफाइनान्स, नेरूडे र ग्लाेबल आइएमईले ६/६ कराेड बढी नाफा कमाएका छन् ।

मिर्मिरे र स्वराेजगारकाे खुद नाफा ५/५ कराेड बढी छ । इन्फिनिटीकाे ४ कराेड, सुमित, कालिका र आशा लघुवित्तले ३/३ कराेड रूपैयाँ बढी कमाएका छन् ।

दुई कराेड बढी नाफा कमाउनेमा समता घरेलु, माहुली, साधना, सीवाइसी नेपाल, मिथिला, नयाँ सारथि, विजय र आरम्भ चाैतारी लघुवित्त वित्तीय संस्था रहेका छन् । नाडेप, सिर्जनशिल, अभियान, सिभिल, जाल्पा,गणपति, आँधी खाेला र सबैको लघुवित्तकाे नाफामा गिरावट आएर एक कराेड रूपैयाँमा मासिमित भएकाे छ ।

भक्तजनलाई पशुपतिमा विशेष प्रबन्ध Read Previous

भक्तजनलाई पशुपतिमा विशेष प्रबन्ध

डुम्रे–बेँसीसहर–चामे सडक खण्ड : सुस्त कामले जाेखिम बढी Read Next

डुम्रे–बेँसीसहर–चामे सडक खण्ड : सुस्त कामले जाेखिम बढी