काठमाडौं । सुपरमाइ हाइड्रोपावर लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटलले आज बिहान १० बजे आइपीओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट ४१ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छ भने साढे १२ लाख ७७ हजार बढीको हात रित्तो भएको छ ।
कम्पनीले माघ २३ देखि २६ गतेसम्म सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ४ करोड १५ लाख रुपैयाँ बराबरको ४ लाख १५ हजार कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, विक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट र सुपरमाइ हाइड्रोपावरको वेबसाइटबाट पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।