मोलुङ हाइड्रोपावरकाे आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्रीमा ल्याउने भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ६४ लाख ६५ हजार ५०० रुपैयाँ बराबरको २२ लाख ६४ हजार ६५५ कित्ता सेयर विक्रीमा ल्याएको हो ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन पाइने छ । सो आइपीओमा फागुन १० गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी इस्यूअर डबल बी रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँदछ ।

दुई लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Previous

दुई लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

बचत फिर्ता नगरेकाे भन्दै काठमाडौंका १३७ सहकारीविरुद्ध उजुरी Read Next

बचत फिर्ता नगरेकाे भन्दै काठमाडौंका १३७ सहकारीविरुद्ध उजुरी