दुई लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत दुई लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । महिला लघुवित्त वित्तीय संस्था र मिथिला लघुवित्त वित्तीय संस्थाको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।

दुवै कम्पनीले साधरण सभा प्रयोजनका लागि भोलि (फागुन ५ गते) गते बुकक्लोज तोकेको छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र ती कम्पनीको लाभांश पाउने छन् ।

महिला लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४७.५ प्रतिशत बोनस सेयर र कर तिर्न २.५ प्रतिशत नगद गरी ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यसैगरी, मिथिला लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

दुवै कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

लघुवित्तहरूले सेवा शुल्क बापत लिएको १ अर्ब ६० करोड एक हप्तामा फिर्ता गर्ने Read Previous

लघुवित्तहरूले सेवा शुल्क बापत लिएको १ अर्ब ६० करोड एक हप्तामा फिर्ता गर्ने

मोलुङ हाइड्रोपावरकाे आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Next

मोलुङ हाइड्रोपावरकाे आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?