उपकार लघुवित्त र अपि पावरको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले दुई कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबार उपकार लघुवित्त र अपि पावरको सेयर मूल्य समायोजन गरेको हो ।

दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

उपकारले गत आव २०७८/७९ को नाफाबाट वितरण गर्ने ६१.७५ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि उपकारको नयाँ सेयरमूल्य २३१०.३६ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, अपि पावरले गत वर्षको नाफाबाट वितरण गर्ने ७.५० प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि अपिको सेयर मूल्य २६६.०५ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा बिहीबार दुवै कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्ने छ।

‘आगामी एक वर्षको मूल्यवृद्धि १२ प्रतिशत पुग्छ’ : राष्ट्र बैंकको अध्ययन Read Previous

‘आगामी एक वर्षको मूल्यवृद्धि १२ प्रतिशत पुग्छ’ : राष्ट्र बैंकको अध्ययन

लघुवित्तहरूले सेवा शुल्क बापत लिएको १ अर्ब ६० करोड एक हप्तामा फिर्ता गर्ने Read Next

लघुवित्तहरूले सेवा शुल्क बापत लिएको १ अर्ब ६० करोड एक हप्तामा फिर्ता गर्ने