यातायात मजदुरको बन्द फिर्ता, अब सार्वजनिक गाडी चल्ने

काठमाडौं । यातायात मजदुरहरुले आज (मंगलबार)का लागि काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिएका छन् ।

आज बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र यातायात मजदुर बीच भएको वार्तामा आन्दोलनका कार्यक्रम फिर्ता लिन समझदारी भएको हो ।

यातायात व्यवसायी तथा मजदुरहरूले शान्तिपूर्ण आन्दोलनका अन्य कार्यक्रम भने जारी नै राख्ने बताएका छन्।

वार्तामा यातायात मजदुरलाई कुटपिट गर्नेहरुमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँबसपार्कमा गरेको भनिएको अनियमितता छानबिन गर्ने, मजदुरका अन्य माग बारे मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने लगायत सहमती भएको जनाइएको छ ।

यातायात मजदुरहरुले बढाइएको ट्राफिक प्रहरीको जरिवाना फिर्ता लिनुपर्ने लगायत १० बुँदे माग राखेर सोमबारदेखि आन्दोलन गरेका थिए । सोही क्रममा सोमबार मजदुरले बालाजु, नयाँ बसपार्क क्षेत्रमा प्रहरीको २ वटा गाडीमा आगजनी गरेका थिए । साथै, ल्होत्से मलमा समेत तोडफोड गरेका थिए ।

मालपोतमा ‘टाइमकार्ड’ लागू हुँदै, सबै काम २ घण्टा भित्र सकिने Read Previous

मालपोतमा ‘टाइमकार्ड’ लागू हुँदै, सबै काम २ घण्टा भित्र सकिने

आजदेखि ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था लागू Read Next

आजदेखि ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था लागू