काठमाडौंमा सार्वजनिक यातायात नचलाउने घोषणा

काठमाडौं । यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात संचालन नगर्ने घोषणा गरेका छन् ।

सोमबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।

ट्राफिक प्रहरीले ऐन विपरीत जरिवाना असुल्ने, चालकहरूको लाइसेन्स निलम्बन गर्ने, प्रदूषणका नाममा रकम असुली लगायत मनोमानी गरेको भन्दै यातायात मजदुरले अहिले बालाजुमा सडकमा बस तेर्स्याएर आन्दोलन गरिरहेका छन् ।

उनीहरु विभिन्न १० बुँदे माग राख्दै आन्दोलमा उत्रिएका हुन् । आफ्ना मागहरु तत्काल पूरा नभए सार्वजनिक यातायात नै यातायात ठप्प पार्ने उनीहरुको चेतावनी छ ।

 

सरकारले ६ महिनामा उठायो साढे ५६ अर्ब ऋण Read Previous

सरकारले ६ महिनामा उठायो साढे ५६ अर्ब ऋण

फुल्चोकी-कुशादेवीमा प्याराग्लाइडिङको परीक्षण उडान सुरू Read Next

फुल्चोकी-कुशादेवीमा प्याराग्लाइडिङको परीक्षण उडान सुरू