३ कम्पनीको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले तीन कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । ज्योति विकास बैंक, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको हो ।

तीनै कम्पनीको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ शुक्रबार बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

ज्योति विकासले गत आव २०७८/७९ को नाफाबाट वितरण गर्ने ३ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि लघुवित्तको नयाँ सेयरमूल्य ३०६.८० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सगरमाथा इन्स्योरेन्सले गत वर्षको नाफाबाट वितरण गर्ने १२.४० प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि सगरमाथाको सेयर मूल्य ७११.१५ रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, लुििम्बनी जनरल इन्स्योरेन्सले गत वर्षको नाफाबाट वितरण गर्ने ६.९९ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि लुम्बिनीको सेयर मूल्य ५३१.८३ रुपैयाँ निर्धारण भएको छ ।

यही समायोजित मूल्यका आधारमा आइतबार तीनै कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्ने छ।

बेनी-जोमसोम सडक दैनिक साढे ६ घण्टा बन्द हुने Read Previous

बेनी-जोमसोम सडक दैनिक साढे ६ घण्टा बन्द हुने

सेयर बजारमा भीषण पहिरो Read Next

सेयर बजारमा भीषण पहिरो