त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्रालयले उनलाई निलम्बन गरेको हो । ठाकुर दुई वर्षदेखि विमानस्थलको प्रमुख पदमा कार्यरत थिए ।

विदेशी वायुसेवा कम्पनी थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले कुराकानी गरेको अडियो बाहिरिएपछि उनलाई निलम्बन गरिएको हो ।

उनीमाथि लागेको आरोप बारे अब मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ ।

उपत्यकामा ५५ स्थानमा 'एकीकृत ट्राफिक बत्ती' जडान गरिँदै Read Previous

उपत्यकामा ५५ स्थानमा 'एकीकृत ट्राफिक बत्ती' जडान गरिँदै

४ वर्षपछि 'रन अफ दी रिभर' आयोजनाको पीपीए खुल्यो, १५०० मेगावाट खरिद गरिने Read Next

४ वर्षपछि 'रन अफ दी रिभर' आयोजनाको पीपीए खुल्यो, १५०० मेगावाट खरिद गरिने