काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै सेयर बजार सम्बन्धी व्यवस्थाहरु यथावत राखेको छ ।
राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति समीक्षा गर्दै सेयर धितो कर्जाको सीमा १२ करोड नै यथावत राखेको हो । यस्तै, राष्ट्र बैंकले जोखिम भार पनि १५० प्रतिशत यथावत राखेको छ ।
लगानीकर्ताले सेयर धितो कर्जाको सीमा बढाउन र जोखिम धार घटाउन माग गर्दै आए पनि राष्ट्र बैंकले कुनै सम्बोधन नगरेको हो ।लगानीकर्ताले सेयर धितो कर्जाको सीमा बढाउनुकबा साथै संस्थागत लगानीकर्तालाई सीमा लगाउन नहुने माग राखेका थिए । त्यस्तै, जोखिमभार १०० प्रतिशतमा झार्न माग गरेका थिए ।
प्रधानमन्त्री र अर्थमन्त्रीले समेत सेयर बजार सम्बन्धी समस्याहरु समाधान गर्ने आश्वसन दिए पनि राष्ट्र बैंकले भने सम्बोधन गरेन ।