३ दिनमा कारोबार विवरण बुझाउन रेमिट्यान्स कम्पनीलाई निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीलाई दैनिक कारोबारको विवरण हरेक तीन दिनभित्र बुझाउन निर्देशन दिएको छ । बिहीवार गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले एकीकृत निर्देशिका जारी गदै विप्रेषण कम्पनीलाई तोकिएको अवधिभित्र कारोबारको विवरण बुझाउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले विप्रेषण नियमावली, २०७९ बमोजिमको व्यवस्था कार्यान्वयन गर्न कम्पनीलाई तीन दिनदेखि १५ दिनसम्म समय सीमा तोकेको छ । जसअनुसार विप्रेषण कम्पनी आफैंले वा सब एजेन्ट तथा सब रिप्रिजेन्टेटिभहरु मार्फत गरेको कारोबारको विवरण मासिक अंग्रेजी महिना अनुसार महिना सकिएको सात दिन भित्र बुझाउनु पर्नेछ ।

यसैगरी, विप्रेषण कम्पनीले कारबाही गरेका सब एजेन्ट तथा सब रिप्रिजेन्टेटिभहरुको विवरण, देशगत कारोबारको मासिक विवरण,कम्पनीगत कारोबार विवरण हरेक महिनामा बुझाउनु पर्ने निर्देशिकामा उल्लेख छ ।

विप्रेषण कम्पनीको सञ्चालक समितिको विवरण आर्थिक वर्ष सकिएको १५ दिनभित्र र प्रोभिजनल फाइनान्सियल विवरण त्रैमास सकिएको १५ दिन भित्र बुझाउनु पर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।

बर्दिबासमा संचालनमा आयो विद्युतीय चार्जिङ स्टेसन Read Previous

बर्दिबासमा संचालनमा आयो विद्युतीय चार्जिङ स्टेसन

गण्डकी प्रदेशमा ८ लाखले गरे स्वास्थ्य बीमा Read Next

गण्डकी प्रदेशमा ८ लाखले गरे स्वास्थ्य बीमा