नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । दिनभरमा २९ अंकको उतरचढाव आएको नेप्से अन्त्यमा दोहोरो अंकले बढेर बन्द भएको हो ।

सूचकमा वृद्धि भए पनि आज कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ६३ करोडले घटेर २ अर्बमा सीमित भएको छ ।

बिहीबार नेप्से १२.४३ अंकले बढेर २१८२.६१ विन्दुमा पुगेको छ । यसदिन २५७ कम्पनीको २ अर्ब ६ करोड रुपैयाँ बढीको ५६ लाख ४८ हजार २१२ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक समूह सबैभन्दा धेरै १.४६ प्रतिशतले बढेको छ ।

आज अपि पावरको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक साढे ५ करोड र ङादी ग्रुप पावर ५ करोड रुपैयाँ बढीको को कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज बाराही हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, विजया लघुवित्त ५.३९, जोशी हाइड्रोपावर ५.५३, न्यादी हाइड्रोपावर ५.३५, इस्टर्न हाइड्रोपावर ३१, प्राइम लाइफ इन्स्योरेन्स ५, सपोर्ट माइक्रोफाइनान्स, पाँचथर पावर, तेह्रथुम पाव र गरुाँस लाइफको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

नारायणगढ-बुटवल सडक विस्तार सुस्त, ४ वर्षमा २५ प्रतिशत मात्रै काम पूरा Read Previous

नारायणगढ-बुटवल सडक विस्तार सुस्त, ४ वर्षमा २५ प्रतिशत मात्रै काम पूरा

प्राथमिकतामा पर्दै 'ग्रीन फाइनान्सिङ', बैंकहरूले बढाउन थाले कर्जा लगानी Read Next

प्राथमिकतामा पर्दै 'ग्रीन फाइनान्सिङ', बैंकहरूले बढाउन थाले कर्जा लगानी