माया खोला हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । माया खोला हाइड्रोपावरको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख ९९ हजार २०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । ११ लाख जना बढीको हात रित्तो भएको छ ।

कम्पनीले माघ १३ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १९ करोड ९२ लाख रुपैयाँ बराबरको १९ लाख ९२ हजार कित्ता सेयर विक्रीमा ल्याएको थियो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले  https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र माया खोला हाइड्रोपावरको वेबसाइटबाट पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

होलसेलर लघुवित्तहरूको नाफामा उच्च वृद्धि, ४ मध्ये कुन तगडा (तथ्यांकसहित) Read Previous

होलसेलर लघुवित्तहरूको नाफामा उच्च वृद्धि, ४ मध्ये कुन तगडा (तथ्यांकसहित)

विजय लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

विजय लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?