निर्धन उत्थान लघुवित्तको नाफामा उच्च गिरावट, खराब कर्जा ८ प्रतिशत माथि

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उच्च गिरावट आएको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ६५.८८ प्रतिशतले घटेको छ ।

लघुवित्तले चालु आवको पुस मसान्तसम्ममा १६ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३२ करोड ५४ लाख रुपैयाँ कम हो । लघुवित्तले गत वर्षको पहिलो त्रैमासमा ४९ करोड ३९ लाख खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी, संचालन मुनाफा घट्नुका साथै इम्पेयरमेन्ट चार्ज बढ्दा लघुवित्तको नाफामा भारी गिरावट आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.०९ प्रतिशत घटेर ९६ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सञ्चालन मुनाफा ६५.९१ प्रतिशतले घटेर २३ करोड ९३ लाखमा सीमित भएको छ ।

हाल २ अर्ब १९ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा ६१ करोड ८१ लाख र जगेडा कोषमा १ अर्ब ९८ करोड रुपैयाँ संचित छ । यस अवधिमा लघुवित्तको वितरण योग्य नाफा १३ करोड १४ लाख रुपैयाँ छ ।

नाफामा गिरावट आएसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा ठूलो गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ४५.०१ रुपैयाँबाट घटेर १५.३६ रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २१८.८३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६६.२८ गुणा र खराब ८.३८ प्रतिशत छ ।

सुपर माइ हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

सुपर माइ हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं महानगरको विकास सहायता कार्यक्रमका लागि ८९ वटा प्रस्ताव छनोट Read Next

काठमाडौं महानगरको विकास सहायता कार्यक्रमका लागि ८९ वटा प्रस्ताव छनोट