२ हजार कर्मचारी कटौती गर्दै बोइङ

काठमाडौं । अमेरिकाको बहुराष्ट्रिय विमान उत्पादक कम्पनी बोइङले यो वर्ष २ हजार कर्मचारी कटौती गर्ने भएको छ ।

वित्त र मानव संसाधन विभागका दुई हजार कर्मचारी कटौती गर्ने योजनामा रहेको उक्त कम्पनीले जनाएको छ ।

कुनै पनि कर्मचारीलाई उसको रोजगारी गुमेको सूचना नदिइएको तर उनीहरूलाई रोजगारीका योजना बनाउन अनुमति दिइएको कम्पनीले बताएको छ ।

‘हामीले गत वर्ष बोइङको जनशक्ति १५ हजारले बढाएका थियौँ,यो वर्ष इञ्जिनियरिङ र निर्माणमा केन्द्रित भएर थप १० हजार कर्मचारी भर्ना गर्ने योजनामा छौँ,’ कम्पनीले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कम्पनीका अनुसार गत डिसेम्बर ३१ सम्म बोइङको कुल कार्यबल १ लाख ५६ हजार कर्मचारीको थियो ।

सरकारी बिदा धेरै हुँदा सेवा प्रभावित भयो, पुनर्विचार गर्नुपर्छ : प्रधानमन्त्री Read Previous

सरकारी बिदा धेरै हुँदा सेवा प्रभावित भयो, पुनर्विचार गर्नुपर्छ : प्रधानमन्त्री

कालीगण्डकी करिडोरको निर्माण आधाभन्दा कम, समयमै सम्पन्न नहुने Read Next

कालीगण्डकी करिडोरको निर्माण आधाभन्दा कम, समयमै सम्पन्न नहुने