क्रेडिट रेटिङ्गमा स्वार्थको द्वन्द्व देखिने कम्पनीलाई कारबाही : हमाल

काठमाडौं । पूँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले क्रेडिट रेटिङ्गमा स्वार्थको द्वन्द्व देखिने कम्पनीलाई कारबाही अघि बढाएको बताएका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमालले आफूले धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने उद्देश्यका साथ काम गरेको बताएका हुन् । उनले धितोपत्र सम्बन्धि कसूरमा संगठित संस्थाका संचालकलाई भित्री कारोबार भए/नभएको छानबिन अघि बढाएको बताए ।

‘धितोपत्र सम्बन्धी ऐन र सो अन्र्तगत बनेका नियमावली, निर्देशिका र विनियमावली अनुसार कार्य नगर्ने धितोपत्र दलाल व्यवसायीहरुलाई ऐन तथा नियम अनुसार कारबाही गरिएको छ। त्यस्तै, संस्थाको वित्तीय विवरण ढिला गरी पेश गर्ने मर्चेन्ट बैंकरहरुलाई हदैसम्मको कारबाही किन नगर्ने भनी सफाइ पेश गर्न सूचीत गरिएको छ,’ हमालले भने ।

उनले आफ्नो नेतृत्वमा स्वच्छ, निष्पक्ष, पारदर्शी तथा प्रतिस्पर्धी धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास र विस्तारका लागि विभिन्न सुधारका कामहरु अघि बढाएको बताए ।

धितोपत्र बजारमा शुरु भएको विभिन्न सुधारको अभियानको क्रममा बोर्ड अध्यक्ष प्रति लक्षित गरि संचार माध्यममा यसरी तथ्यहीन समाचारहरु संप्रेषण हुनु गम्भिर विषय भएको उनले टिप्पणी गरे ।

जनसरोकारका सम्बन्धी विधेयक अगाडि बढाउने सरकारको तयारी Read Previous

जनसरोकारका सम्बन्धी विधेयक अगाडि बढाउने सरकारको तयारी

नेपालको सार्वजनिक ऋण २० खर्ब बढी, सरकारले कसरी तिरिरहेको छ ? Read Next

नेपालको सार्वजनिक ऋण २० खर्ब बढी, सरकारले कसरी तिरिरहेको छ ?