नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर राणाको निधन

काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना भएका थिए ।

हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत थिए । पछिल्लो समय उनी नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील थिए । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनका दुई छोरा र दुई छोरी छन् ।

विमान चालकको 'ड्युटी आवर' घट्यो, अब जहाज चलाउँदा यी ६ नयाँ नियम लागू हुने Read Previous

विमान चालकको 'ड्युटी आवर' घट्यो, अब जहाज चलाउँदा यी ६ नयाँ नियम लागू हुने

'फास्ट ट्रयाक'को प्रवेश विन्दुमै समस्या, जटिल बन्दै खोकनामा जग्गा अधिग्रहण Read Next

'फास्ट ट्रयाक'को प्रवेश विन्दुमै समस्या, जटिल बन्दै खोकनामा जग्गा अधिग्रहण