पर्सामा थपिए साढे ६ हजार उद्योग

वीरगञ्ज । पर्सा जिल्लामा पछिल्लो साढे पाँच वर्षमा ६ हजार४८२ नयाँ उद्योग थपिएका छन् ।

आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म सेवामूलक उद्योगतर्फ ३ हजार ५२७, कृषि तथा वन्यजन्यतर्फ १ हजार ७३४, उत्पादन उद्योगतर्फ १ हजार १२४ र पर्यटनतर्फ ४५ वटा उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्ज पर्साका प्रमुख धनजयकुमार सिंहले जानकारी दिए ।

यस्तै चालु आवको पुस मसान्तसम्म सेवामूलकतर्फ २६०, कृषि तथा वन्यजन्यतर्फ १ हजार १३०, उत्पादनमूलकतर्फ ८२ वटा, निर्माणतर्फका ५२ र पर्यटनतर्फ ३५ वटा उद्योग दर्ता भएका छन् ।

यस अवधिमा ५ हजार २३ उद्योग नवीरकण र ६२० वटा उद्योगको लगतकट्टा लगायतका शीर्षकबाट रू ६ करोड ९७ लाख १० हजार ८० राजस्व सङ्कलन भएको छ ।

१४० मेगावाटको तनहुँ जलविद्युतको प्रवेश सुरुङको 'ब्रेक थ्रु' Read Previous

१४० मेगावाटको तनहुँ जलविद्युतको प्रवेश सुरुङको 'ब्रेक थ्रु'

अघि बढ्यो तामाकोशीको सहायक अयोजना रोल्वालिङ खोला जलविद्युत् निर्माण Read Next

अघि बढ्यो तामाकोशीको सहायक अयोजना रोल्वालिङ खोला जलविद्युत् निर्माण