काठमाडौं । दुई हाइड्रोपावर कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएका छन् ।
नेपाल धितोपत्र बोर्डले डोल्टी पावर कम्पनी र भूगोल इनर्जी डेभलपमेन्टलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
डोल्टी पावरले प्रतिकित्ता १०० रुपैयाँ दरले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ९ हजार ४५८ कित्ता आइपीओ जारी गर्न अनुमति पाएको छ ।
त्यसैगरी, भूगोल इनर्जीले प्रतिकित्ता १०० रुपैयाँ दरले १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १६० कित्ता सेयर जारी गर्न अनुमति पाएको हो ।
अनुमति पाएका दुवै कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधरणका लागि आइपीओ जारी गर्नेछन् ।