लाभांश प्रयोजनका लागि अपि पावरले तोक्यो बुकक्लोज

काठमाडौं । अपि पावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

कम्पनीले फागुण १४ गते १९ औं वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा बानेश्वर व्याक्वेट, थापागाँउमा बिहान ११ बजे सभा सुरु हुने छ ।

कम्पनीले गत वर्षकाे नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९ प्रतिशत गरी कुल ८.१४ प्रतिशत लाभांश घोषणा गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् । कम्पनीले साधरण सभा प्रयोजनका लागि फागुण ४ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार फागुण ३ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

त्यस्तै, कम्पनीले सभामा बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि लैजाने भएको छ ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक 'फास्ट ट्रयाक'मा अघि बढाइने Read Previous

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक 'फास्ट ट्रयाक'मा अघि बढाइने

थप दुई कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनले कति कित्ता ? Read Next

थप दुई कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनले कति कित्ता ?