नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । आइतबारदेखि ओरालो लागेको नेप्सेले लगातार तेस्रो दिन सोही लय कायम राखेको हो । तीन दिनमा नेप्से ७० अंकले घटेको छ ।

मंगलबार नेप्से १५.७० अंकले घटेर २१११.६८ विन्दुमा आइपुगेको छ । यसदिन २५९ कम्पनीको २ अर्ब ८२ करोड रुपैयाँ बढीको ७५ लाख ५३ हजार २३५ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये हाइड्रोपावर बाहेक हरु सबै उपसमूहको परिसूचक घटेको छ । लगानी समूह सबैभन्दा धेरै १.३१ प्रतिशतले घटेको छ ।

आज रिडी पावरको सर्वाधिक कारोबार भएको छ । यसको १९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स १४ करोड र गुराँस लाइफ इन्स्योरेन्स साढे ७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

घट्दो बजारमा पनि आज आदर्श लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

आज प्राइम लाइफ इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक ५.२१ प्रतिशत गुमाएका छन् । त्यसैगरी, गणपति लघुवित्त, सगरमाथा इन्स्योरेन्स, नेरुडे लघुवित्तका सेयरधनीले ४ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

हिन्डेनबर्गकाे प्रभाव : अडानी विश्वका धनाढ्यको सूचीमा दोस्रोबाट नवौंमा झरे, गुम्यो ७१ अर्ब डलर Read Previous

हिन्डेनबर्गकाे प्रभाव : अडानी विश्वका धनाढ्यको सूचीमा दोस्रोबाट नवौंमा झरे, गुम्यो ७१ अर्ब डलर

भन्सार छुटका बाबजूद सेनिटरी प्याडको आयात घट्दै, निर्यात बढ्दै Read Next

भन्सार छुटका बाबजूद सेनिटरी प्याडको आयात घट्दै, निर्यात बढ्दै