सिभिल बैंक र किसान लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सोमबार सिभिल बैंक र किसान लघुवित्त वित्तीय संस्था बोनस सेयर सूचीकृत भएको हो ।

सिभिलले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको ५ प्रतिशत बोनस बापतको लाख ४५ लाख ३७ हजार ९२१.९५ कित्ता बोनस सेयर सूचीकृत गरेको हो ।

त्यसैगरी, किसान लघुवित्तको २० बोनस सेयर अर्थात् ७ लाख ८५ हजार ६१७.७५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

मर्जर प्रक्रियामा रहेका थप ३ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा Read Previous

मर्जर प्रक्रियामा रहेका थप ३ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

गति लिँदै तनहुँ जलविद्युत् आयोजना, प्याकेज दुईको काम ५५ प्रतिशत सकियो Read Next

गति लिँदै तनहुँ जलविद्युत् आयोजना, प्याकेज दुईको काम ५५ प्रतिशत सकियो