मर्जर प्रक्रियामा रहेका थप ३ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

काठमाडौं । मर्जर प्रक्रियामा रहेका थप तीन बीमा कम्पनीको सेयर कारोबार फुकुवा भएको छ ।

कारोबार फुकुवाका लागि आवेदन दिएसँगै नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले सोमबार युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सको साधरण सेयर कारोबार फुकुवा गरेको हो ।

नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’मा भएको व्यवस्था बमोजिम तीन कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो । यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीहरुको सेयर कारोबार बढीमा १५ दिन मात्र रोक्का हुने व्यवस्था छ ।

कारोबार फुकुवा भएसँगै मंगलबारदेखि तीनै कम्पनीको साधरण सेयर कारोबारमा आउने छ । संस्थापक सेयर कारोबार भने मर्जर प्रक्रिया सम्पन्न भई एकीकृत कारोबार सुरु नहुन्जेलसम्म रोक्का नै रहने छ ।

हाल यी तीन कम्पनी एक आपसमा मर्जर प्रक्रियामा रहेका छन् ।

अदुवा उत्पादन बढ्यो, बिचौलियाका कारण कृषकले पाएनन् मूल्य Read Previous

अदुवा उत्पादन बढ्यो, बिचौलियाका कारण कृषकले पाएनन् मूल्य

सिभिल बैंक र किसान लघुवित्तको बोनस सेयर सूचीकृत Read Next

सिभिल बैंक र किसान लघुवित्तको बोनस सेयर सूचीकृत