हिमालयन ऊर्जाले २०० प्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनीले २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

माघ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत अर्थात् १:२ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

हकप्रद सेयर निष्काशनपछि प्राप्त हुने पूँजीमध्ये खर्च कटाइ बाँकी सबै रकम बैंकहरुबाट लिएको दीर्घकालीन ऋण तिर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको उक्त हकप्रद प्रस्ताव विद्युत् नियमन आयोगबाट स्वीकृत र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि प्रक्रिया अघि बढ्ने छ ।

ठेक्का अलपत्र पार्ने १२ कम्पनी कालोसूचीमा (नामसहित) Read Previous

ठेक्का अलपत्र पार्ने १२ कम्पनी कालोसूचीमा (नामसहित)

उपकार र सिभिल लघुवित्तको लाभांश घोषणा, कुन कति ? Read Next

उपकार र सिभिल लघुवित्तको लाभांश घोषणा, कुन कति ?