बजारमा मैदा/आँटाको चरम अभाव, तत्काल गहुँ आयातको व्यवस्था मिलाउन माग

काठमाडौं । बजारमा मैदा/आँटाको चरम अभाव भएको छ । भारत सरकारले वैशाख ३० गतेदेखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा अभाव भएको हो ।

मैदा/आँटा अभाव हुँदा माग अनुसार बिस्कुट, चाउचाउ उद्योग,  बेकरी, तन्दुरी/नान, भोजनालय, रेष्टुरेण्ट लगायतमा उपलब्ध गराउन नसकिएको व्यवसायीले बताएका छन् ।

भारत सरकारको प्रतिबन्धपछि मैदा उद्योगले बजारबाट महँगो मूल्यमा गहुँ खरिद गरिरहेको हुँदा मूल्य समेत बढिरहेको नेपाल मैदा उद्योग संघले जनाएको छ ।

पछिल्लो समयमा बजारमा गहुँ नहुँदा देशभरका ८० प्रतिशत मैदा उद्योग नै बन्द हुने अवस्थामा पुगेको संघले जनाएको छ । बजारमा मैदा आँटाको अभाव हटाउन सरकारले तोकिएको कोटा आयात गर्ने व्यवस्था मिलाउनु पर्ने व्यवसायीको भनाइ छ ।

भारत सरकारले नेपाललाई दिएको ५० हजार मेट्रिक टन गहुँ तत्काल ल्याउने व्यवस्था मिलाउनुपर्ने उद्योगीको माग छ ।

 

माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने Read Previous

माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने

माया खोला हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Next

माया खोला हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?